सभामुख अर्यालसँग साउदी राजदूतको भेट
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए.मनिखले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा सभामुख अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिए ।
