SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०९:१८ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद कमला पन्तले संसद् सुरु भएको लामो समय भइसक्दा पनि सरकारले समसामयिक विषयमा उठेका प्रश्नको जवाफ नदिएको भन्दै ध्यानाकर्षण गराए ।