स्वचालित प्रणाली अनुरूप भाडा समायोजन गर्न माग
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुरूप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २०, डिजेल/मट्टितेलमा प्रतिलिटर ३० ले मूल्य घटाएको थियो । महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वचालित प्रणालीबमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गरेका हुन् ।
