SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति

बिर्तामोड । मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीमा १६ लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित ५० हजार नगद जलेको छ । पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।