SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

सवारी दुर्घटनामा २४ वर्षीया युवतिको मृत्यु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ मा आज विद्युतीय गाडीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको गाडीले बाटो पार गर्न लागेको स्कुटरलाई ठक्कर दिँदा त्यसकी चालक २४ वर्षीया मीनकुमारी श्रेष्ठको मृत्यु भएको हो ।