SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

हुम्लाको स्याँडा गाउँमा पहिलो पटक गाडी

हुम्ला । स्याँडा गाउँमा पहिलो पटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्याँडा याङ्गु सडक निर्माणमा एक करोड १२ लाख बजेट विनियोजन गरेपछि गाउँमै गाडी पुगेको हो । यसअघि सिमकोटका सात वटै वडामा यातायातका साधन पुगिसकेका छन् ।