SHARE
Kalo Pati · बुधबार १७ असार २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार जरिवाना सङ्कलन

काठमाण्डौ । बितेका २४ घण्टामा काठमाण्डौ उपत्यकामा २ हजार १५७ जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । कारबाहीबाट २१ लाख ४० हजार ५४६ रुपैयाँ जरिवाना सङ्कलन भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।