मूल्य घट्नासाथ बजारमा पेट्रोलियम पदार्थको अभाव, अधिकांश पम्प बन्द
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएलगत्तै काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। पेट्रोल नभएको भन्दै धेरै पम्पले बिक्री वितरण बन्द गरेका छन् । सटरमा पेट्रोल छैन भन्दै बोर्ड टाँसेर पम्प बन्द गरेका छन् । सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा भने सवारीसाधनको लामो लाइन लागेको छ। ।
