SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदै छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज बिहान ११ः०० बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन भएको थियो ।