कर्मचारीको सम्पूर्ण सरुवा प्रक्रिया अब अनलाइनबाटै हुने
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन दिनका लागि निजामती कर्मचारीलाई आह्वान गरेको छ । मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको हो । मन्त्रालयले सार्वजनिक सूचनामार्फत अनलाइन प्रणालीमार्फत सरुवाको निवेदन पेस गर्न अनुरोध गरेको छ ।
