SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०४:३९ AM · 1 मिनेट पढाइ

श्रीमानले जंगली जनावरका लागि थापेको पासोमा परि श्रीमतीको मृत्यु

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट –५ निवासी ६० वर्षीया हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए ।