SHARE
मकालु खबर · बुधबार १७ असार २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

अमेरिकी दुत दोहामा, इरानसँग प्रत्यक्ष वार्ताको योजना नरहेको कतारको स्पष्टोक्ति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दुतहरू स्टिभ विट्कोफ र जेरेड कुश्नर हाल कतारको राजधानी दोहामा रहेका छन् । यद्यपि, उनीहरूले इरानी अधिकारीहरूसँग कुनै पनि प्रत्यक्ष भेटवार्ता नगर्ने कतारले मंगलवार पुष्टि गरेको छ । कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले साप्ताहिक पत्रकार सम्मेलनका क्रममा अमेरिकी प्रतिनिधिमण्डलले मध्यस्थकर्ताहरूसँग मात्र छलफल गर्ने जानकारी दिए ।