SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल र रूसी महासङ्घका राजदूतबिच शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि रूसी महासङ्घका नवनियुक्त राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले शिष्टाचार भेटवार्ता गरेका छन् । आज मन्त्रालयमा भएको भेटवार्तामा उनिहरूबीच नेपाल–रूस सम्बन्धका विभिन्न विषयहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।