SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

चलचित्र उद्योगलाई सुदृढ बनाउन सरकार तयार छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् । चलचित्र विकास बोर्डको २६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानुन, नीति र कार्यक्रममार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको बताए ।