SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

केन्द्रीय सदस्यको नामावलीबाट हटाइएपछि सोम शर्माको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनबाट गण्डकी भूगोलतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका सोम शर्माले आफूलाई अन्तिम नामावलीबाट हटाइएको भन्दै पार्टीको निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन्। उनले मङ्गलवार आयोगसमक्ष निवेदन बुझाउँदै आफ्नो नाम तत्काल सच्याउन र निर्वाचित हैसियत यथावत् कायम गर्न माग गरेका छन्।