SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

भोजपुरमा कामदारको समूहबाट कुटिए प्राविधिक

भोजपुर । भोजपुर–मानेभञ्ज्याङ बैकुण्ठेवासीखोरा बालङ्खा–रानीटार सडक स्थलगत अनुगमनका लागि रामप्रसाद राई गाउँपालिका पुगेका प्राविधिक आनन्दकुमार शाहलाई कार्यरत कामदारको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ । कुटपिटबाट घाइते प्राविधिक शाहलाई उपचारका लागि विराटनगर पठाइएको छ । शाहको टाउकोमा गम्भीर चोट पुगेको छ ।