SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा

चितवन । वर्षात् सुरु भएसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुग्लिन–नारायणगढ सडकखण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुनसक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो ।