फिफा विश्वकप: आज नर्वे, फ्रान्स र मेक्सिकोको परीक्षा
काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ का थप तीन खेल नेपाली समयअनुसार मङ्गलवार राति र बुधवार बिहान हुँदै छन्। अन्तिम १६ मा स्थान सुरक्षित गर्ने लक्ष्यसहित युरोप, अफ्रिका, उत्तर अमेरिका र दक्षिण अमेरिकाका टोलीहरू मैदान उत्रने भएका हुन्। पहिलो खेल मङ्गलवार राति १०:४५ बजे आइभरी कोस्ट र नर्वेबिच हुनेछ।
