SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

विश्वकपमा इतिहास रच्दै गरेको केप भर्डेको कप्तान माथि बलात्कारको आरोप

काठमाडौँ। फिफा विश्वकप २०२६ मा ऐतिहासिक प्रदर्शन गर्दै पहिलो पटक नकआउट चरणमा पुगेको अफ्रिकी राष्ट्र केप भर्डेका कप्तान रायन मेन्डेस गम्भीर कानुनी विवादमा तानिएका छन्। ३६ वर्षीय मेन्डेसमाथि बलात्कार र शारीरिक दुर्व्यवहारको आरोप लागेको छ भने न्युजिल्यान्ड प्रहरीले उनी विरुद्ध औपचारिक अनुसन्धान सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।