सरकारप्रति दृष्टिविहिनहरुको आक्रोश- ‘सरकार आफैँ दृष्टिविहीन भयो’
काठमाडौँ । दृष्टिविहीन व्यवसायीहरू विगत नौ दिनदेखि माइतीघरमा धर्नामा छन् । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका उनीहरू सरकारले व्यवसाय गर्न नदिएको कारण धर्नामा बस्नुपरेको बताउँछन् । सरकारले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यवसायीहरूको उचित व्यवस्थापन गर्नुपर्ने या आफूले गरेको व्यवसायलाई निरन्तरता दिन पाउनुपर्ने उनीहरूको माग छ ।
