SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

लागुऔषधसहित पाँच जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, छ ग्राम १० मिलीग्राम ब्राउन सुगर, एक थान मिनीट्रक र एक थान मोटरसाइकल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।