SHARE
Kalo Pati · मङगलबार १६ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

‘समयको महत्त्व बुझेर हुलाक सेवालाई आधुनिकीकरण गर्नुपर्छ’ : सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन् । हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारले हुलाकमार्फत सबै प्रकारका कागजात तथा पार्सल समयमै गन्तव्यमा पुर्याउने प्रतिबद्धता जनाए ।