‘संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो’: नेता आङदेम्बे
काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयता थप सुदृढ बनाउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । संसद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको संस्थागत विकास तथा जनसरोकारका विषयलाई संसदमार्फत सम्बोधन गर्ने साझा जिम्मेवारीलाई पुनः स्मरण गर्ने अवसर रहेको बताए ।
