SHARE
Kalo Pati · मङगलबार १६ असार २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

रायोको सागमा भेटियो उच्च विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको छ ।