उत्पादनको होइन, उधारोको संकट : तीन करोड रुपैयाँ उधारो असुल्न संघर्षरत आरजु राइस मिलको कथा
काठमाडौं । नेपालको कृषि क्षेत्र पछिल्ला वर्षहरूमा निकै उतारचढावको चरणमा छ । एकातिर किसानले उत्पादनको उचित मूल्य खोजिरहेका छन् भने अर्कोतर्फ उद्योगीहरू गुणस्तरीय स्वदेशी चामललाई आयातित उत्पादनसँग प्रतिस्पर्धी बनाउने प्रयासमा छन् । किसानले आफ्नो उत्पादनको मूल्य नपाउनेदेखि मल बीउको अभाव भोग्नुपर्ने समस्या पुरानै हो तर पछिल्लो समय उद्योगीहरूले समेत अर्को गम्भीर चुनौती भोगिरहेका छन् ।
