नेता शर्माले गरे परिवारसहित पशुपतिनाथमा विशेष पूजा–आराधना
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनीलकुमार शर्माले सम्पूर्ण परिवारसहित पशुपतिनाथ मन्दिरमा विशेष पूजा–आराधना गरेका छन् । मन्दिरका मूल भट्ट रावल गणेश भट्टको सान्निध्यमा वैदिक विधिअनुसार सम्पन्न पूजामा अभिषेक तथा आराधना गरिएको थियो । पूजा–आराधना तथा प्रसाद व्यवस्थापनको समन्वय राजराजेश्वरी निर्मल अखडा, वनकाली–पशुपतिका स्वामी गोकुलानन्द वेदान्ताचार्यले गरेका थिए ।
