SHARE
Kalo Pati · मङगलबार १६ असार २०८३ ०४:२२ AM · 1 मिनेट पढाइ

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन् । चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको महामन्त्री विपिन आचार्यले जानकारी दिए । उनका अनुसार बुधबार बिहान ११ बजे पार्टी कार्यालय घण्टीघरमा शपथ कार्यक्रम राखिएको छ ।