SHARE
Kalo Pati · मङगलबार १६ असार २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

राहदानी छपाइको भ्रष्टाचार मुद्दामा महानिर्देशकसहित ५ जनालाई धरौटीमा छाड्न आदेश

काठमाण्डौ । विशेष अदालतले राहदानी छपाइको भ्रष्टाचार मुद्दामा ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ५ जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश गरेको हो ।