SHARE
Kalo Pati · मङगलबार १६ असार २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को अन्तिम १६ मा

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत मोन्टेरेमा भएको रोमाञ्चक खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। निर्धारित समय र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट टुंगिएको थियो। मोरक्कोका गोलकिपर यासिन बोनुले नेदरल्यान्ड्सका क्रिसेन्सियो समरभिलको चौथो पेनाल्टी रोकेपछि मोरक्को बलियो अवस्थामा पुगेको थियो।