SHARE
Kalo Pati · मङगलबार १६ असार २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

सानेपाको हरियालीले बढायो सहरी सौन्दर्य (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको लामो ढिलाइले राजधानीको समग्र शहरी स्वरूप प्रभावित बनेको छ। निर्माण सामग्री, धुलोधुवाँ र अव्यवस्थित सडकका कारण धेरै स्थान कुरुप देखिँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन्। तर चक्रपथअन्तर्गत कोटेश्वर–कलंकी सडक खण्डको ललितपुरस्थित सानेपा क्षेत्र भने हरियालीका कारण आकर्षणको केन्द्र बनेको छ।