‘१०० बुँदे बाचा हो कि जाँड खाएको बेला बोलेको कुरा हो’ भन्दै संसदमा एमाले सांसदको आक्रोश
काठमाडौँ । नेकपा (एमाले)का सांसद सोमनाथ पोर्तेलले सरकारको चुनावी १०० बुँदे बाचा र बजेट कार्यान्वयनबारे प्रश्न उठाउँदै कडा आलोचना गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको विशेष समयमा उनले सत्तारुढ दलले चुनावका बेला सार्वजनिक गरेको १०० बुँदे प्रतिबद्धताको पहिलो बुँदामै दलित समुदायका अधिकार, राज्य संरचनामा भएको ऐतिहासिक विभेद, र सामाजिक न्यायसम्बन्धी विषय समेटिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनबारे सरकारसँग जवाफ माग गरे । उनले बाचा पत्रको पहिलो बुँदा नै दलित समुदायले पुस्तौँदेखि भोग्दै आएको अन्याय, शोषण र बहिष्कार स्वीकार गर्दै राज्यले औपचारिक क्षमा याचना गर्ने प्रतिबद्धता रहेको स्मरण गराउँदै सो कार्य कहिले सम्पन्न भयो भन्ने प्रश्न उठाए ।
