एमाले सांसदको प्रश्न: प्रधानमन्त्रीका सल्लाहकारलाई संवैधानिक निकायलाई निर्देशन दिने अधिकार कसले दियो ?
काठमाडौँ । राष्ट्रिय सभाका सदस्य तथा नेकपा (एमाले)का सांसद सोमनाथ पोर्तेलले प्रधानमन्त्री बालेन शाहका सल्लाहकारले संवैधानिक निकायका प्रमुख, न्यायाधीशलगायत उच्च पदाधिकारीलाई बोलाएर निर्देशन दिने र नमाने ज्यान मार्ने धम्की दिएको भन्ने सार्वजनिक भइरहेको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार राष्ट्रिय सभाको विशेष समयमा उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस्ता गम्भीर आरोप सार्वजनिक भइरहेको उल्लेख गर्दै त्यसबारे सरकारले सदनलाई स्पष्ट जानकारी दिनुपर्ने माग गरे । उनले प्रधानमन्त्रीका सल्लाहकारलाई यस्तो अधिकार कसले दिएको भन्दै प्रश्न उठाए ।
