SHARE
Kalo Pati · सोमबार १५ असार २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

शेयर बजार लगातार छैटौँ कारोबार दिन घट्यो

काठमाण्डौ । शेयर बजार लगातार छैटौँ कारोबार दिन घटेको छ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ५४ अङ्कले घटेर २ हजार ६३२ दशमलव ९६ विन्दुमा झरेको छ । नेप्से गएको हप्ताभरि नै घटेको थियो ।