एमाले युवाहरूले थाले मत सर्वेक्षण, सोधे १८ प्रश्न
काठमाडौं । नेकपा एमाले निकट युवाहरूले पार्टी पुनर्गठन र रूपान्तरणका लागि पुनर्जागरण अभियान २०८२ अन्तर्गत असार १२ देखि २२ सम्म १८ प्रश्नसहितको मत सर्वेक्षण सुरु गरेका छन् ।यो अभियानले पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, सङ्गठनात्मक पुनःसंरचना, पुस्तान्तरण र आन्तरिक लोकतन्त्रीकरणका विषयमा कार्यकर्ता तथा शुभेच्छुकको धारणा सङ्कलन गर्नेछ ।
