SHARE
Samata Press · सोमबार १५ असार २०८३ ०१:१६ PM · 1 मिनेट पढाइ

नका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग किसानका सपना, परिवारको भान्सा एवं भविष्य र राष्ट्रको समुन्नति जोडिएको उल्लेख गरेका छन् । राष्ट्रिय धान दिवसका अवसरमा उहाँले शुभकामना सन्देश जारी गर्दै उहाँले खेतमा पसिना बगाएर राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्ने अन्नदाता किसानप्रति धन्यवाद दिन चाहन्छु भने ।    शुभकामना सन्देशमा भनिएको छ “असार १५ केवल धान रोपाइँको दिन मात्र होइन, यो नेपाली किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव पनि हो ।   देशको मुख्य खाद्यान्न बाली धान भएकाले यसको उत्पादकत्व वृद्धि गर्नु केवल कृषि कर्म मात्र नभएर नागरिकको जीवन रक्षाको सुनिश्चितता र संविधानको मर्मको पालना पनि हो ।