SHARE
Kalo Pati · सोमबार १५ असार २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी छ’

काठमाडौं । असार १५ राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापाले शुभकामना व्यक्त गर्दै किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा जोड दिएका छन् । शुभकामना सन्देश जारी गर्दै थापाले नेपाल कृषि प्रधान देश भएकाले कृषि राष्ट्रको सभ्यता, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार रहेको उल्लेख गरेका छन् ।