SHARE
Kalo Pati · सोमबार १५ असार २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

‘उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु’: गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेकी रास्वपा उपसभापति सोबिता गौतमले आफूले पाएको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको बताएकी छिन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत पार्टीको पहिलो महाधिवेशनबाट पाएको जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै थप जिम्मेवारी र उत्तरदायित्व महसुस गरेको बताएकी हुन् ।