गोरु र रांगाले खेत जोतेर सिन्धुलीको मरिणमा परम्परागत शैलीमा रोपाइं (तस्बिरहरु)
काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर परम्परागत शैलीमा रोपाइं दिवस मनाइएको छ । गाउँपालिकाको आयोजनामा स्थानीय आदिवासी समुदायका माझी, मगर, नेवार र तामाङ समुदायको सहभागितामा रोपाइं दिवस मनाइएको हो ।
