‘नत्र माइतीघर मण्डला सधैँभरि आन्दोलनको स्थल बनिरहनेछ’
११औँ सार्क शिखर सम्मेलनको तयारीका बेला नेपाल सरकारले माइतीघर मण्डलाको व्यवस्थापन गर्यो । माइतीघर मण्डलाको परिचय एउटा सार्वजनिक स्थलमा मात्र सीमित नभई राज्यद्वारा न्याय नपाएका नेपाली नागरिकको न्याय र आन्दोलनको आवाज उठाउने स्थलका रूपमा स्थापित छ । माइतीघर मण्डलाको निर्माण नभएको बेला पीडित नागरिकले सिंहदरबार वरिपरि, रत्नपार्क, असनतिर न्यायका लागि आन्दोलन गरेको पाइन्छ ।
