‘हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं’: ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सल्बलाएको उल्लेख गर्दै त्यसलाई परास्त गर्ने दाबी गरेका छन् । उनले अहिले आफूहरूलाई कमजोर नठान्न उनले आग्रह गरे । ‘हामी मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौं,’ मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘धुलो टक्टक्याउँदै उठ्छौं ।
