SHARE
Samata Press · आइबार​ १४ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ

वीरेन्द्रनगर । चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा जुम्ला जिल्ला चन्दननाथ नगरपालिका– ३ का ३० वर्षीया लवबहादुर सेजुवाल रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवत्ता तथा प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले बताए ।  प्रहरी निरीक्षक अधिकारीका अनुसार मादक पदार्थ सेवन गरी हो हल्ला गर्दै प्रवेश गरी अभद्र ब्यवहार गरेकोमा सेजुवाललाई तत्काल नियन्त्रणमा लिइएको जनाए । सेजुवालाले यसभन्दा पहिले पनि प्रतिष्ठान भित्र अनाधिकृत रुपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको प्रहरीले जनाएको छ ।  सेजुवाललाई स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो शंसोधन २०७९) को कसुर बमोजिम जेठ ११ गते मुद्दा दर्ता गरी जुम्ला जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।