चुनावअघि कम्युनिस्ट एकता गरेको भए सय सिट आउँथ्यो, बालेनको ‘तानाशाह’ चल्दैन थियो : झलनाथ खनाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका दुई ठूलो कम्युनिस्ट पार्टी एक भएको भए निर्वाचनमा सर्मनाक हार व्यहोर्न नपर्ने बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । एमाले र नेकपाले चुनावअघि नै कार्यगत एकता गरेको भए करिब १ सय सिट आउने उनको दाबी छ । उनले रास्वपा नेतृत्वको सरकार सञ्चालन गरिरहेका प्रधानमन्त्री बालेन शाहलाई ‘तानाशाही’ रहेको आरोप पनि सम्बोधनको क्रममा लगाए । ‘करिब १ सय सिट वामपन्थीको हुन्थ्यो । आज यो बालेन तानाशाही चल्ने थिएन । देशको परिस्थिति बेग्लै हुन्थ्यो ।
