‘मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ’: झलनाथ खनाल
काठमाडौं । नेकपाका नेता झलनाथ खनालले मदन भण्डारी र जीवराज आश्रितको षड्यन्त्रमूलक रूपमा हत्या भएको बताएका छन्। जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अत्यन्त रहस्यमय, कायरतापूर्वक र षडयन्त्रपूर्ण ढङ्गले हत्या गरिएको बताए। उनले भने, ‘कसले हत्या गरेका थिएरु ती कुराहरूलाई आजसम्म पनि पत्ता लगाउन नसक्ने कमजोरी हामी भित्रै छ।
