SHARE
Samata Press · आइबार​ १४ असार २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

गाउँपालिकालाई नगरपालिका बनाउने र वडा विभाजन गर्ने नयाँ नियम: यस्ता छन् सरकारका प्रावधान

काठमाडौँ । सङ्घीय सरकारले स्थानीय तहको सिमाना हेरफेर, वडा विभाजन र नगरपालिकाको वर्गीकरण पुनरावलोकनलाई व्यवस्थित बनाउन नयाँ मापदण्ड जारी गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गाउँपालिका तथा नगरपालिका र वडाको सङ्ख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८३’ जारी गर्दै स्थानीय तहको पुनर्संरचना प्रक्रियालाई थप वैज्ञानिक र वस्तुनिष्ठ बनाउने बाटो खोलेको हो ।