'विप्लवको पार्टीभित्र अहिले देखिएको विग्रह र कारबाही संसदीय राजनीतिकै दुष्परिणाम हो’
काठमाडौँ । संसदीय व्यवस्था र निर्वाचनलाई बहिष्कार गर्दै सडक सङ्घर्षमा रहेका नेकपा (बहुमत)का महासचिव धमेन्द्र बास्तोला ‘कञ्चन’ वर्तमान सरकारका गतिविधि, चुलिँदो भ्रष्टाचार र राष्ट्रिय पुँजीको सङ्कटबारे आफ्नो कडा दृष्टिकोण राखेका छन् । विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरी नयाँ क्रान्तिकारी धार निर्माण गर्नुको वैचारिक पृष्ठभूमि प्रस्ट्याउँदै उनले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ‘जम्बरी मेला’को संज्ञा दिएका छन् र यसको आयु छोटो रहेको दाबी गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको फुट, एकताको सम्भावना र वैज्ञानिक समाजवादको अपरिहार्यतामा केन्द्रित रहेर उनीसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । प्रस्तुत छ, नेकपा (बहुमत)का महासचिव धमेन्द्र बास्तोला ‘कञ्चन’सँग गरिएको विशेष संवाद ।
