SHARE
Samata Press · आइबार​ १४ असार २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य बढ्यो,कतिले हुर्दै छ कारोबार

काठमाडौँस्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी रु १४५ ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुन रु दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३२५ कायम भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख ७९ हजार १०० र चाँदी रु चार हजार १८० मा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।