नेपाल टेलिकमले आइतबार देखि सदस्यता–आधारित नयाँ सेवा सुरु गर्दै
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमलसिनले सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित नयाँ सेवा सुरु गर्ने बताएका छन् । शनिबार सामाजिक संजालमार्फत उनले नयाँ व्यवस्थाअनुसार प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न मासिक प्याकेज उपलब्ध हुने बताए ।
