SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०४:३३ PM · 1 मिनेट पढाइ

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

काठमाडौँ, असार १३ गते । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन् ।