लगातार पाँचौँ कारोबार दिन घट्यो शेयर बजार
काठमाण्डौ । शेयर बजार लगातार पाँचौँ कारोबार दिन घटेको छ । हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से २ अङ्कले घटेर २ हजार ६४९ दशमलव ५१ विन्दुमा झरेको छ । अघिल्लो शुक्रवार २ हजार ७०२ विन्दुमा रहेको नेप्से त्यसयता घटिरहेको हो ।
