‘एमालेसँग तत्काल सहकार्य हुन्छ’: प्रचण्ड
काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग तत्काल सहकार्य गरिने बताउनुभएको छ । मोरङको विराटनगरमा आज पार्टीको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने बताउनुभएको हो ।
